ने्पालका जलविद्युत उत्पादनमा प्रबद्र्धकहरुको बदमासीले उर्जाकोलागत महंगो भएको भन्दै अन्र्तराष्ट्रिय चिन्ता ब्यक्त भएको छ ।

राजधानीमा शुरु भएको उर्जा सम्मेलनमा प्रबद्र्धकहरुको बदमासीले सर्बसाधारणको लगानी हाइृड्रोपावरमा डुबेको भन्दै अब आयोजना निर्माण झन् चुनौतिपूर्ण भएकोमा चिन्ता ब्यक्त भएको छ ।

प्रतिफलको ग्यारेन्टी नभई अब उर्जा क्षेत्रमा सर्बसाधारणको लगानी आउन संभव नभएको कतिपयको भनाई छ ।

उर्जा क्षेत्रमा बलियो नीतिगत ब्यवस्था र बिस्वासको वातावरण सिर्जना नभएसम्म थप लगानी आकर्षण गर्न संभव नभएको बताईएको छ ।

शेयर बजारमा हाईड्रोपावरको आईपीओ समेत बिक्न छाडेको र बैंकहरुले लगानी प्रतिबद्धता ब्यक्त गर्न नमानेको अबस्थाले उर्जा उत्पादकहरु समस्यामा परेका छन् ।

विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जलविद्युतमा लगानी आउन र त्यसको बजार विस्तार गर्न विश्वासले खडेरी सिर्जना भएको बताए । ‘

नेपालको जलविद्युतको बजार झन्डै ७ खर्बको रहेको भए पनि कयौं आयोजना रुगण र अत्यधिक लागतका कारण आयोजनाहरु सेतो हात्ती जस्ता भएकाले चुनोति थपिएको उनको भनाई छ । नेपालमा उत्पादित विद्युत सस्तो भए मात्र क्षेत्रीय बजारमा बिक्नसक्ने उनले बताए ।

नर्वेका जलस्रोत तथा ऊर्जा निर्देशनालयका टोर लङसेटले विद्युत व्यापारका लागि छिमेकीहरुबीच एकअर्कामा विश्वासको वातावरण सिर्जना हुनुपर्नेमा जोड दिए । ‘

बंगलादेश विद्युत आयोगका अध्यक्ष मनोहर इस्लामले क्षेत्रीयस्तरमा बिद्युत ब्यापारको संभावना रहेको भए पनि सम्बद्ध देशहरुवीच राम्रो सहकार्यमा जोड दिए । ‘उनले आफ्नो देशले भारत र भुटानबाट बिद्युत आयात गरिरहेकाले नेपालबाट पनि बिद्युत किन्न चाहेको तर सहकार्य नभई संभव नभएको बताए ।

भारतको केन्द्रीय विद्युत नियमन आयोग सिर्इआरसीका  इन्जिनियर एससी श्रीवास्तवले विद्युत ब्यापारका लागि विद्युत महसुल दर र प्रतिस्पर्धी बजार निर्माण भए मात्र क्षेत्रीय विद्युत ब्यापार संभव रहेको उल्लेख गरेका छन् ।

उर्जा विज्ञ अमृतमान नकर्मीले नेपालको महंगो बिद्युत अरु देशले किन्लान भन्नु भन्दा पनि नेपालकोे ब्यापार घाटा कम गर्न र आन्तरिक रुपमा उपयोगको संभावना खोजी गर्नु नै अहिलको सही विकल्प भएको बताए ।

लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले नेपाली विद्युतको बजार पहिचान गर्न बाँकी नै रहेको अबस्थामा विद्युत उत्पादनको लागत कम गर्ने र आन्तरिक खपत बढाउँदै लगेर क्षेत्रीय ब्यापारमा जोड्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here