बरुण  हाइड्रोपावरले शेयरधनीहरुलाइ कात्तिक २५ गते १५ औं वार्षिक साधारणसभा आब्हान गरेको छ । साधारण सभाको लागि हाइड्रोपावरले शेयरधनीहरुलाई युनियन हाउस अनामनगर काठमाण्डौमा विहान ११ बजे बोलाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले कार्तिक २० गते १ दिनको लागि बुकक्लोज गर्ने भएको छ ।

कम्पनीले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ

सभामा कम्पनीले लेखा परीक्षक न्युक्त गर्ने तथा सञ्चालक समितिको निर्वाचन गर्ने जस्ता एजेन्डा राखेको छ ।

२५ करोड ५१ लाख ५० हजार रुपैयाँ रहेको शेयर पूँजी रहेको बरुण हाइड्रोको जगेडा कोषमा एक करोड २२ लाख रुपैयाँ राखेको छ । उसले गत आर्थिक बर्षमा १ करोड १७ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानि ४ रुपैयाँ ६२ पैसा कायम गरेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here