बरुण हाइड्रो पावर कम्पनीले विद्युत उत्पादन र विक्री सँगै आफ्नो नाफा पनि बढाएको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख खुद नाफा आर्जन गरेको छ ।

 

अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ४२ लाख २९ हजारले बढेको हो । अन्य खर्चको तुलनामा विद्युत बिक्रि बढेपछि कम्पनीको नाफा बढेको हो ।

 

असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड २४ लाख ७९ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ११ लाख ६३ हजार रुपैयालेँ बढेको हो । कम्पनीको सञ्चालन तथा प्रशासनिक खर्च गत आर्थिक वर्षको तुलनामा घटेर ४२ लाख ४२ हजारमा सिमित भएको थियो ।

हाइड्रोपावरको चुक्ता पूँजी २५ करोड ५१ लाख रहेको छ । हाईड्रोपावरको प्रतिशेयर आम्दानी १० रुपैँया १५ पैसा रहेको छ, कम्पनीले जगेडाकोषमा २ करोड ५९ लाख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here