सरकारी  सेतो हात्तीको उपमा पाएको दार्चुलाको चमेलिया जलविद्युत आयोजनाको बिज्ली बिहीबारदेखि राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाबाट उत्पादिते ३० मेगावाट व्जिुली दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १३२ केभीे प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको हो ।

सन् २००७ देखि निर्माण कार्य शुरु भएको आयोजना निर्माण पुरा हुन झण्डै १० बर्ष लागेको छ । आयोजना निर्धारित समय भन्दा ६ बर्ष ढिला पुरा भएको छ ।

तत्काल सिंगल सर्किट प्रसारण लाईनबाट चमेलियाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ । चमेलिया आयोजनाका लागि निर्माण गरिएको डबल सर्किट प्रसारण लाइन बनेपछि चमेलिया, पश्चिम सेती जलाधार क्षेत्रमा निर्माणाधीन अरु आयोजनाको बिजुली समेत राष्ट्रिय प्रसारणमा जोडुन सहज हुनेछ ।

चमेलिया जलविद्युत् आयोजनाको शुरुको अनुमानित लागत आठ अर्ब ५० करोड थियो तर झण्डै १० वर्षको अवधिसम्म भेरिएशन भएर १५ अर्ब ५० करोडभन्दा बढी खर्च भएको छ ।

आयोजनाको सिभिलतर्फ चिनियाँ कम्पनी गेजुवाले काम गरेको थियो भने इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम कोरियन कम्पनी कोरिया हाइड्रो एण्ड न्युक्लियर पावर कम्पनीले गरेको आयोजनाले जनाएको छ । चमेलिया सरकारको पूर्ण लगानीमा निर्माण भएको हो ।

राससको समाचारमा आधारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here