संंसदको अर्थ समितिले सांसद रामकुमारी झाक्रीको संयोजत्कवमा गठन गरेको बैंकलाई ब्रोकर लाईंसेन्स दिने बारेमा झाक्री समिति आफै अन्योलग्रस्त भएर प्रतिबेदन सार्वजनिक गरेको छ ।

समितिले ठोस निष्कर्षका साथ सिफारिस गर्नुको सट्टा उल्टै प्रश्नको भारीसहित प्रतिबेदन तयार पारेको पाईएको छ ।

समितिको प्रतिबेदनको पूँजी बजार सम्बन्धी खण्डको बाणिज्य बैंकका सहायक कम्ऩनीहरुलाई धितोपत्र दलाल ब्यवसायको अनुमति पत्र दिने सम्बन्धमा ११ वटा प्रश्नहरुको सम्बोधन गर्न भनिएको छ ।

हेर्नुहोस् प्रतिबेदनको यो अंश

लामो प्रयासपछि नेपाल स्टक एक्सचेन्जले बाणिज्य बैंकका सहायक कम्पनीलाई लाईसेन्स वितरण लाग्दै गर्दा अचानक अर्थ समितिले अध्ययन समिति गठन गरेपछि प्रक्रिया अन्तिम समयमा अबरुद्ध भएको थियो । झाक्री समितिले २ महिनामा अध्ययन सकी प्रतिबेदन दिने भनेपनि ११ महिना लागेको छ ।

प्रतिबेदनको पूर्ण अंश हयाँ हेर्नुहोस्

अहिले झात्री समितिले उठाएका प्रश्नहरुको मात्रै समाधान खोजेर बैंकका सहायक कम्पनीलाई लाईसेन्स वितरण गर्ने हो भने आगामी दुई तीन बर्षसम्म पनि बैंकका सहायक कम्पनीले लाईस्ेन्स पाउँन सक्दैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here