शेयर बजारमा शेयर आपुर्ति धेरै रहेका बाणिज्य बैंकहरुको शेयर मूल्य बढे पनि बजार बजारको भारलाई बैंकहरुले धान्न नसक्दा दोस्रो दिन शेयरको मूल्य फेरि घटेको छ ।

बजार हिस्सा धेरै रहेका बाणिज्य बैंकहरुको शेयर मूल्य आईतबार धेरै बढेकोमा सोमबार नाफा सुरक्षित गर्नेहरु समेत सक्रिय बन्दा माग पक्ष कमजोर देखिन गयो । अघिल्लो दिन बाणिज्य बैंकहरुको शेयरको मूल्य १० प्रतिशतसम्मले बढेर तीन अर्ब ६० करोड रुपैयाँको शेयर किनबेच भएकोमा सोमबार ३ अर्ब ४१ करोड रुपैयाँको किनबेच भई १९ करोड रुपैयाँले मात्र कारोबार रकममा कमी आउनुलाई अन्यथा भन्न मिल्ने अबस्था रहेन । शेयर आपुर्ति धेरै भएका कम्पनीमा थोरै मूल्य बढ्दा पनि धेरैले नाफा सुरक्षित गर्न खोज्ने प्रबृत्ति हुँदा बढेको मूल्यको भार थाम्न गाह्रो हुन्छ तर यस्ता कम्पनीहरुको मूल्य बढाईले बजारलाई स्थिरता भने प्रदान गर्छ ।

बजारमा खरिदको क्रम नै रहेको देखिएको छ र बाणिज्य बैंकका शेयर अझैै सस्तो मूल्यमा रहेकाले खरिदकर्ताहरुको आकर्षण आगामी दिनहरुमा रहिरहनसक्ने संभावना छ । पूँजीगत लाभ हुने अन्य साना कम्पनीहरुमा लगानीकर्ताहरुले लगानी केन्द्रित गर्दा नेप्से सूचकमा त्यसको दबाब खासै पर्दैन ।

धेरै रकमको कारोबार हुने १० कम्पनीमध्येमा बाणिज्य बैंकको संख्या ५ रहेको छ भने धेरै शेयरको मूल्य बढ्नेमा कालिका माईक्रो, मन्जुश्री फाईनान्स र युनियन हाईड्रो देखिए ।

सोमबार नेप्से १.९२ अंकले गिरावट देखिएर १५०२.१८ विन्दुमा अडियो भने बजार पूँजीकरण १९ खर्ब १७ अर्ब भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here