जब कोरोना संक्रमणको पहिलो चरणबाट मुलुक गुज्रदै थियो, प्रधानमन्त्रीका अति विस्वास पात्र तथा विज्ञ अर्थमन्त्री डा. युवराज खतिवडा भन्दै थिए- “अहिले कोरोना भाईरसका कारण अर्थतन्त्र प्रभावित भयो, अब त्यसबाट समग्र अर्थतन्त्र शिथिल हुन्छ भन्ने अनुमान गरिरहेका छौ, त्यसलाई म रुल अफ थम भन्छु, त्यस्तो स्थिति पर्यटन क्षेत्रमा मात्रै हो ।”

Photo. RSS

उनले भनेका थिए कि “जीडीपीमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत रहेको छ, पर्यटन क्षेत्रमा परेकोे असरले सोही अनुसार नै अर्थतन्त्रमा पर्ने असर मापन गर्न सकिन्छ ।”

आज कोरोना संकट गहिरिदै गर्दा बिज्ञ अर्थमन्त्रीको बोली पुरै फेरिएको छ र संकटको गहिराई महसुस हुन थालेको छ ।

विश्व बैंकले नै नेपालको आर्थिक बृद्धि दर खुुम्चिएर डेढ प्रतिशतसम्ममा झर्छ भन्ने प्रक्षेपण सार्वजनिक गरेपछि अर्थमन्त्री खतिवडालाई पनि संकटको गहिराईको महसुस भएको बुझ्न सकिन्छ ।

नेपाल उद्योग परिसंघका पदाधिकारीसँग बैसाख ४ गते खतिवडाले भनेका छन्, “संक्रमण र जोखिमको अवधि यति लामो हुँदैन होला भन्ने लागेको थियो । हामीले अर्को चरणमा प्रवेश गर्नुपर्दैन भन्ने सोचेका थियौं,दोस्रो चरणको लकडाउनको घोषणा गरिसकेपछि अलिकति समस्या बढेरै जाने देखियो ।”

उनले उद्योगी ब्यवसायीहरुलाई कोरोना संक्रमण रोक्न लकडाउन लम्बिएपछि परेको असर कम गर्न सरकारी निकायहरुले काम गरिरहेको  बताएका छन् ।

उनले रेमिट्यान्सको प्रबाह कम हुने बित्तिकै बैकिंड. क्षेत्रको तरलतामा चाप पर्ने र त्यसलाई सन्तुलनमा राख्न बैंक ब्याज दरलाई नियन्त्रणमा राख्नु बताएका छन् ।

उद्योग ब्यवसाय क्षेत्रमा परेको समस्या समाधान गर्न पनि सरकारले काम गरिरहेको उनको भनाई छ ।

खतिवडाले भनेका छन् “आउँदो बजेटसम्म, नीति कार्यक्रम र बजेट आउँदासम्म मध्यकालीन र दीर्घकालीनरुपमा निजी क्षेत्रको लगानीलाई छिटो पुनरुत्थान गर्ने र सामान्य अवस्थामा फर्काउने योजनाहरु अगाडि बढाउनु छ ।”

उनले वित्तीय, मौद्रिक र अरु प्रसासनिक अथवा श्रम बजारसँग सम्बन्धित सबै विषयमा पुनर्विचार गरेर अगाडि बढ्ने आश्वाशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here