अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीले बिज्ञ मानेर अति बिस्वास गरे जस्तै अन्य कयौं नेपालीहरुमा पनि त्यस्तै अटल विस्वास छ । अर्थमन्त्री खतिवडाले जे भने पनि सही थाप्ने र उहाँको प्रतिरक्षामा उत्रिनेहरुको कुनै कमी छैन ।

अर्थमन्त्रीले बितेको दुई महिनावीचमा कोरोना संक्रमणसँगै नेपाली अर्थतन्त्रका बारेमा गर्नुु भएको आँकलन र अभिब्यक्तिहरु भिडाएर हेर्ने हो भने सद्दे मान्छेको दिमाग चर्कराउँछ । कुन कुरालाई सही थापेर पत्याउनु र कुन कुरा नपत्याउनु भन्ने द्धिविधा हरेकलाई हुन्छ ।
हेरौ बिज्ञ अर्थमन्त्री खतिवडाका यी भनाईहरु:
“अहिले कोरोना भाईरसका कारण अर्थतन्त्र प्रभावित भयो, अब त्यसबाट समग्र अर्थतन्त्र शिथिल हुन्छ भन्ने अनुमान गरिरहेका छौ, त्यसलाई म रुल अफ थम भन्छु, त्यस्तो स्थिति पर्यटन क्षेत्रमा मात्रै हो । जीडीपीमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत रहेको छ, पर्यटन क्षेत्रमा परेकोे असरले सोही अनुसार नै अर्थतन्त्रमा पर्ने असर मापन गर्न सकिन्छ ।”
कोरोनाको संक्रमण शुरु भएर लकडाउन गरिएको शुरुको अबस्थामा अर्थमन्त्रीको अभिब्यक्ति
=========================================
“संक्रमण र जोखिमको अवधि यति लामो हुँदैन होला भन्ने लागेको थियो । हामीले अर्को चरणमा प्रवेश गर्नुपर्दैन भन्ने सोचेका थियौं,दोस्रो चरणको लकडाउनको घोषणा गरिसकेपछि अलिकति समस्या बढेरै जाने देखियो ।”
नेपाल उद्योग परिसंघका पदाधिकारीसँग बैसाख ४ गते गरिएको छलफलमा खतिवडाको भनाई ।
====================================
“कोरोनाका कारण ३ खर्ब रुपैयाँसम्म नोक्सान हुने अनुमान गर्न सकिन्छ, ‘यतिमात्रै होइन, आगामी आर्थिक वर्षमा हुने आयको संरचना पनि त भएन नि । अहिले नै लकडाउन खोलिहाल्ने हो भने पनि आर्थिक क्रियाकलापहरु जोडिन केही समय लाग्छ ।
हाम्रो संशोधित लक्ष्य र प्राप्त हुने लक्ष्यबीचको अन्तर ४ प्रतिशत हुने भयो । हाम्रो अर्थतन्त्रको आकार ३५ खर्बको हो । ४ प्रतिशतले घट्दा लकडाउनका कारण देशको अर्थतन्त्रमा प्रत्यक्षरुपमा डेढ खर्ब रुपैयाँको नोक्सानी भयो ।”
गोरखापत्रसँगको कुराकानीमा बैसाख २४
==========================================
“यो नोक्सानीको भाग हामीले कसरी लगाउने हो, सबै दायित्व सरकारले मात्रै बोक्ने हो ? या हामी सबैले मिलेर बोक्ने हो ? सरकारले सबै दायित्व बोक्ने हो भने सरकारले करका माध्यमबाट अर्को दायित्व थप्नुपर्ने हुन्छ ।”
नयाँ बजेटबारे छलफल गर्न म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (म्यान) ले गरेको भिडियो छलफलमा