युनियन हाइड्रोपावर कम्पनीको समिक्षा अवधिमा बिद्युत बिक्रि बढ्दा खुद नाफा पनि बढेको छ ।
चालु दोस्रो त्रैमाससम्म कम्पनीले जललविद्युत बिक्रि मार्फत ४ करोड ३९ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ जुन गत बर्षको सोही अवधिको तुलनामा १ करोड ९२ लाखले बढि हो ।
बिद्युत बिक्रि बढेपछि कम्पनीको नाफा पनि गत बर्षको पुस मसान्तको तुलनामा ६२.७७ प्रतिशत अर्थात् ४४ लाख ३१ हजार रुपैयाँ ले बढेको छ । चालु आ.व.को पुस मसान्तमा कम्पनीको खुद नाफा १ करोड १४ लाख ९१ हजार रुपैयाँ रहेको छ ।
७५ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा भने ८ करोड ३५ लाख ५ हजार रुपैयाँले ऋणात्मक रहेकोे छ ।
कम्पनीको बार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ०६ पैसा रहेको छ भने बार्षिक प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ८७ पैसा रहेको छ ।
यस्तै बार्षिक मुल्य आम्दानी अनुपात १९.५८गुणा र तरलता अनुपात १.०३ प्रतिशत रहेको छ ।