काठमाडौ । पूर्व मुख्य सचिव डा. बिमल कोईरालाको नेतृत्वमा पुर्वाधार बिकास बैंक स्थापना हुने भएको छ ।

२० अर्ब चुक्ता पूँजी भएको पुर्वाधार बिकास बैंकमा नेपाल सरकार, पाँच वटा वाणिज्य बैंक, बीमा कम्पनी र अरु लगानीकर्ताहरुको संस्थापक लगानी रहने बताईएको छ । नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको स्थापना गर्न इमर्जिङ नेपालले नेतृत्व लिएको छ । कम्पनीले राष्ट्र बैंकबाट स्वीकृति पाएर संचालनमा आएपछि ४० प्रतिशत सेयर सर्बसाधारणका लागि निश्काशन गर्ने छ ।

देशका ठूला आयोजनाहरुमा लगानी गर्न अलग्गै पुर्वाधार बिकास बैंक खोल्ने सरकारी नीति अनुरुप पुर्वाधार बिकास बैंक स्थापनाको प्रक्रिया अगाडि बढेको हो ।

ग्लोबल आइएमई, एनआईसी एशिया, प्रभु र सिदार्थ बैंकलगायतले पुर्वाधार बिकास बैंकमा संस्थापक लगानी गर्ने भएका छन् ।

 

बैंकले ठूला ठूला परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने, ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गर्ने, लिजिङ्ग कारोबार गर्ने, परियोजनाहरुमा कर्जा प्रवाह गर्ने, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको सेयरमा लगानी गर्ने, प्रतितपत्र खोल्ने र जमानत पत्रहरु जारी गर्ने उद्धेश्य प्रस्तावित प्रबन्ध पत्रमा उल्लेख गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here