बिशाल बजार कम्पनी(BBC)को लामो समयदेखि रोकिएको सेयर कारोबार खुलेको छ । काठमाडौको न्युरोडस्थित बिशाल बजार रहेको जग्गाको स्वामित्व सम्बन्धी अदालती मुद्धा र संचालकहरुको बिबादका कारण कारोबार रोकिएको थियो ।

अदालतले जग्गाको स्वामित्व वापतको सेयर रकम सरकारलाई थप गर्ने फैसला गरेको थियो ।

अदालतले बिबाद समाधान गरे पनि पछि १० प्रतिशत सेयर अभौतिक नभएको भन्दै कारोबार खोल्न सीडीएससीले मानेको थिएन । उसको हाज पहिलो कारोबार प्रतिकित्ता दुई हजार रुपैयाँमा भएको छ ।

काठमाडौको न्युरोडमा बिशाल बजार स्थापना हुने समयमा सरकारले दिएको जग्गाको हिसाब नभएकाले सो जग्गाको मूल्यांकनलाई सेयरमा बदली गर्दा सेयर संचरना फेरिएको छ । अब अधिकांश सेयर अर्थ मन्त्रालयको भएको छ । बिशाल बजार कम्पनीलाई कब्जा गरेर बसेका संचालकहरुले सरकारको जग्गा वापतको सेयर दिन नमानेपछि अदालतमा मुद्धा परेको थियो ।

बिशाल बजार कम्पनीमा भएको अनियमितता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थालेको छानविनका कारण नेप्सेमा उसको सेयर कारोबार लामो समयदेखि रोकिएको थियो।

कम्पनीले गत साउन ३१ गते चौतिसौ बार्षिक साधारण सभा आयोजना गरी सेयर संरचना परिवर्तन र लेखापरीक्षण प्रतिबेदन पारित गरेको थियो ।

बिशाल बजार कम्पनीले २०७२ सालको तेस्रो त्रैमासिक बित्तीय बिबरण सार्वजनिक गर्दा पाँच करोड ५३ लाख रुप्रयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११० रुपैयाँ देखाएको थियो । अब पूँजी बढेसँगै त्यसमा पनि ब्यापक परिवर्तन आउने भएको छ । उसको सेयर मूल्य कारोबार बन्द हुनुअघि २०३० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here