नेपाल बीमा प्राधिकरणले चुनाव अघि हतारमा शुरु गरेको प्रक्रियाको आधारमा चुनाव सकिए लगत्तै सात वटा कम्पनीलाई लघुबीमा कम्पनीलाई व्यवसाय गर्न पाउने गरी लाईसेन्स वितरण गरेको छ ।

३१ वटा कम्पनीले आबेदन दिएकोमा जीवन तर्फ तीन र निर्जीवन तर्फ चार लघुबीमा कम्पनीहरुले लाईसेन्स पाएका छन् ।

बीमा प्राधिकरणले जनाए अनसार लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स छन् । निर्जिवन बीमा ब्यवसाय तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लाईसेन्स प्राप्त गरेका छन्।

प्राधिकरणले आवेदकको शेयरधनीहरुको विवरण, व्यवसायिक योजना र अध्ययनको अनुसार लाईसेन्स वितरण गरेको जनाएको छ ।
ग्रामिण र दर्गम क्षेत्रमा बीमा सेवाको पहूाच कायम गर्न लाईसेन्स वितरण गरिएको जनाईए पनि स्वच्छता र पारदर्शिताको चरम अभाव रहेको भन्दै लाईसेन्स वितरण प्रक्रिया प्रति प्रश्न पनिउठाईएको छ । नयाँ लाइसेन्स वितरण गर्ने कार्य विधि र प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा मुद्धा परी विचाराधिन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here