-तिलक कोइराला ।

बुटवल पावर कम्पनीले सर्बसाधारणमा थप नयाँ साधारण सेयर (एफपीओ) निश्काशनका लागि आब्हान पत्र प्रकाशित गरेको छ । कम्पनीले ४० लाख ८१ हजार कित्ता साधारण सेयर माघ १५ गतेदेखि १९ गतेसम्म प्रिमियमसहित प्रतिकित्ता ५०१ रुपैयाँमा बिक्रीमा ल्याउने छ ।

लगानीकर्ताले आफ्नो बैंक खाता रहेको बैंकको शाखामा गई आश्वा सेवा मार्फत आबेदन गर्नसक्ने छन् । १० कित्ता आबेदन गर्नलाई पनि ५०१० रुपैयाँ लाग्ने छ ।

कम्पनीको सेयरमा न्युनतम १० कित्तादेखि २० हजार ४०० कित्तासम्म आबेदन गर्न पाईन्छ तर दोस्रो बजारमै ६६५ रुपैयाँमा सहजै पाईने यसमा धेरै रकम फसाउनु कुनै पनि हालतमा फाईदाजनक छैन । अहिलेको बाँडफाँड नियम अनुसार चार लाख आठ हजार जना आबेदकले सेयर माग गरे पनि प्रत्येकले कम्तिमा १० कित्ता पाउने नै छन् । आबेदक त्यो भन्दा कम भएको भएको अबस्थामा मात्र बढी कित्ता भाग लाग्नसक्छ । अहिले बढीमा तीन लाख जनासम्मले यस्ता सार्बजनिक निश्काशनहरुमा आबेदन गर्ने गरेका छन् ।

एफपीओ सूचिकरण भएपछि दोस्रो बजारमा आपुर्ति बढ्ने,माग र आपुर्तिमा सन्तुलन नमिल्दा मूल्य कम हुने र कम्पनीको कमाई स्थिर रहँदा प्रतिसेयर आम्दानी घटेर आगामी केही बर्षसम्म कम लाभांश पाईने हुँदा तत्कालीन वा दीर्घकालीन लगानीका लागि नउचालिनु नै उत्तम हुन्छ ।

एफपीओबाट संकलन हुने प्रिमियमबाट आगामी बर्ष धेरै बोनस सेयर पाईनसकिन्छ भन्ने कुरा भरपर्दो छैन किनभने उसले जगेडा कोषमा राखेर नै लगानी गर्नसक्छ । अरु कम्पनी जस्तो जलबिद्युत कम्पनीहरुले रातारात आम्दानी बढाएर लगानीकर्तालाई दोब्बर तेब्बर लाभांश बाँड्न बाँड्न सक्दैनन् । आयोजना निर्माण पुरा गरी त्यसमा बैंकहरुले लगानी गरेको ऋण तिर्दै गएर लाभांश खुवाउन केही बर्ष लाग्छ । आयोजनाहरुबाट उत्पादन हुने बिजुली सिमित हुने र त्यसलाई बिक्री गरेर प्राप्त हुने रकम एकनासको हुने हुँदा कम्तिमा १० बर्षका लागि मात्रै राम्रा जलबिद्युत कम्पनीहरुको सेयरमा लगानी सुरक्षित हुन्छ ।

२०२२ सालमा स्थापना भएको बीपीसी आफैमा राम्रो कम्पनी हो । आब्हान पत्रका अनुसार अहिले एक अर्ब ८१ करोड चुक्ता पूँजी र दुई अर्ब ३० करोड जगेडा कोषमा छ । एफपीओ बिक्रीपछि उसको चुक्तापूँजी दुई अर्ब २१ करोड नाघ्ने छ भने जगेडा कोषमा चार अर्ब २५ करोड पुग्ने आँकलन गरिएको छ ।

कम्पनीले प्युठानमा १२ मेगावाटको झिमरुक र स्याड.जामा ९.४ मेगावाटको आयोजनाबाट बिजुली निकाली स्याड.जा, प्युठान, अर्घाँखाँची र पाल्पाका स्थानीयहरुमा वितरण गरेर आम्दानी गरिरहेको छ भने ६० मेगावाटको खिम्ती लगायतका आयोजनाहरुमा पनि लगानी गरेको छ । अहिले एफपीओबाट उठाईएको रकम कम्पनीले अरु आयोजनाहरु निर्माणमा लगानी गर्ने छ ।

कम्पनीका अध्यक्षमा पदम ज्योति र अन्य संचालकहरुमा प्रदिपकुरमा श्रेष्ठ लगायतका ब्यक्तिहरु छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here