४० लाख ८१ हजार कित्ता थप नयाँ साधारण सेयर ( एफपीओ) बिक्री गर्दा सर्बसाधराणले नकिनेकोमा प्रत्याुभति गर्ने केही संस्थागत लगानीकर्ताहरु नराम्ररी फसेपछि अहिले चलखेल गरेर सेयर मूल्य उचाली दोस्रो बजारमा बेच्ने प्रयास भएको छ ।

बुटवल पावरको अर्थ विभागका उपाध्यक्ष राधेश्याम श्रेष्ठलाई केही अनलाईनहरुमा बजारलाई प्रत्यक्ष प्रभाव पाने र लगानीकर्तामा अन्योल सिर्जना गर्ने कुरा बोल्न लगाई सेयर बजारमा “म्यानुपुलेशन” गर्ने प्रयास गरिएको छ ।

श्रेष्ठले बीपीसीका लगानीकर्तालाई औसत दरमा २० प्रतिशत बोनस सेयर दिने तर त्यो निर्णय नभईसकेको बताएर लगानीकर्तामा भ्रम सिर्जना गर्न र बीपीसीको सेयर मूल्य उचाल्ने प्रयास गरेका छन् ।

एफपीओको रकम अहिलेसम्म संकलन नभएको भन्दै बुटवल पावरको गाँजेमाजे पारा

बीपीसीले अघिल्लो आर्थिक बर्षको खुद नाफाबाट २० प्रतिशत नगद लाभांश प्रस्ताब गरेर जेठ ८ गते साधारणसभा आयोजना गर्न गईरहेको छ । यसपल्टको साधारणसभामा बीपीसीले बोनस सेयर वितरण गर्ने कुनै संभावना छैन ।

बीपीसीले यसअघि एफपीओ बिक्री गर्दा प्रकाशन गरेको पूँजी बृद्धिको योजना हेर्दा आउने आर्थिक बर्ष २०७५-०७६ मा पनि कुनै पूँजी थप्ने योजना राखेको छैन । अर्को बर्ष २०७६-०७७ मात्रै गएर चुक्ता पूँजी दुई अर्ब २१ करोडबाट दुई अर्ब ४४ करोड बनाउने उल्ल्ेख गरिएको छ ।

उसले त्यसलाई संशोधन गरेर हाल निर्माणाधिन आयोजना तथा चिनियाँहरुसग मिलेर बनाउने आयोजनाका लागि बोनस सेयरबाटै पूँजी थप्न चाहे्को हो भने पनि आउने बर्ष हुने साधारणसभामा प्रस्ताब लैजानसक्छ, त्यो झण्डै एक बर्षपछिको कुरा हो । अहिले त चालु आर्थिक बर्षको चौथो त्रैमासको सुरुको अबस्था छ, आर्थिक बर्ष सकिएर लेखापरीक्षण गरी लाभांश प्रस्ताब गर्न धेरै समय बाँकी छ ।

यसरी लगानीकर्तालाई भ्रमित पार्ने र सेयर बजारमा चलखेल गर्ने प्रयास भईरहँदा पनि धितोपत्र बोर्डले कुनै चासो नदिनु रहस्यमय छ । आफैले महंगोमा एफपीओ बिक्री गर्न दिएको कुराले लघुताभाष गर्दै बोर्ड चुप लागेको हो भने त्यो सेयर बजारका लागि खतरनाक सावित हुने पक्का छ ।

कम्पनीको सेयर कारोबारमा प्रत्यक्ष प्रभाव पार्ने कुराहरु जथाभावी बोल्दै हिड्नेलाई कारबाही गर्ने अधिकार बोर्डसँग मात्रै छ, उसले मन लागेको बेला मात्रै त्यो अधिकार प्रयोग गर्ने हो भने स्वेच्छाचारिता हुनेछ ।

बुटवल पावर राम्रो कम्पनी भएकोमा कुनै शंका छैन तर जलबिद्युत आयोजनाहरुको सेयर त झन् दोस्रो बजारमा उचालिएर किन्न घातक हुनजान्छ । अरु कम्पनीले जस्तो एकै बर्षमा जलबिद्युत कम्पनीहरुले “चमत्कार” गर्न सक्दैनन् ।

बुटवल पावरले आफ्नो लगानीमा ३० मेगावाटको ड।ादी, ३७.६ मेगावाटको काबेली ए को निर्माण सुरु भएको र १०० मेगावाटको तल्लो मनाड. मस्र्यादी बिद्युत खरिद सम्झौताको चरणमा रहेको जनाएको छ ।

चिनियाँ लगानीकर्तासँग मिलेर ठूला आयोजनाहरु निर्माण गर्न हालै साढे आठसय मेगावाटका दुई आयोजना किनेको  हो तर ती आयोजनारु निर्माण भएर विद्युत उत्पादन सुरु भई आम्दानी आउन समय लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here