बुटवल पावर र उसको चिनियाँ साझेदारहरुले भारतीय कम्पनी जीएमआर र हिमाल हाईड्रोले ओगटेका दुई आयोजनाको स्वामित्व किनेका छन् ।

जीएमआरले आगटेर राखेको ६०० मेगावाटको अपर मस्याड.दी २ र मनाड. मस्याड.दी जलबिद्युत आयोजनाका सम्पूर्ण स्वामित्व बुटवल पावर र उसका चिनियाँ साझेदार कम्पनीहरुले किनेका हुन् । दोस्रो आयोजना भने राजरत्न होल्डिड.ले ओगटेर राखेको थियो ।

अपर मस्याड.दी २ मा बुटव पावरको १९.४१ प्रतिशत हिस्सेदारी हुने जनाईको छ तर दोस्रो आयोजना भने बुटवल पावरले चिनियाँ कम्पनीहरुसँग मिलेर बनाउने उल्लेख गरिएको छ ।

यी दुई आयोजनाहरुमा बुटवल पावरको लगानी हुने भए पनि आयोजना निर्माणमा कम्तिमा पाँच बर्ष लाग्ने हुँदा अहिले नै दोस्रो बजारमा बीपीसीको सेयर उचालिएर किन्नु घातक छ । आयोजनाबाट प्रतिफल प्राप्त हुन लामो समय लाग्ने हुन्छ ।

जलबिद्युत क्षेत्रमा चिनियाँ लगानी आउनु र बीपीसीले पनि लगानी बढाउनुलाई सकारात्मक रुपमै लिनुपर्छ ।

 

1 COMMENT

  1. रू 500 मा BPCL को शेयर किन्दा के घातक देख्नु भयो?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here