बैंकको शेयर मूल्य धेरै नबढी नेप्से सूचक बढ्दैन भन्दै गफ गर्ने बिश्लेषकहरुलाई छक्क पार्ने गरी फागुन १३ गतेको शेयर बजारमा अचम्मका दृश्यहरु देखिएका छन् ।

यसअघि कहिल्यै धेरै मूल्य नबढ्ने र बजार पूँजीकरण धेरै रहेको नेपाल टेलिकमको शेयर मूल्य ८.४१ प्रतिशत अर्थात ५६ रुपैयाँले माथि चढ्नुका साथै अरु ११ वटां कम्पनीको शेयर मूल्यमा सर्किट लागेपछि नेप्से सूचकमा ४३ अंकको बढोत्तरी देखिएको हो । यस कारण पनि बैंकको शेयर मूल्य र नेप्से सूचक घटाई बढाईको पछि लाग्नु भन्दा कम्पनी र बजारको चाल बुझेर लगानी गर्नुपर्छ भन्ने तथ्य स्थापित भएको हो ।

बैंकको शेयर मूल्य केही बढ्दा आपुर्ति थेग्न नसकेपछि केहीको शेयर मूल्य घटेको छ भने केही बैंकको शेयर मूल्य सामान्य रुपले बढेको छ तर बीमा, लघुवित्त, हाईड्रो र अन्य बर्गका कम्पनीहरुको शेयर मूल्यमा अधिक खरिद चाप परेकाले समग्र बजार बढेको देखिएको छ । गुराँस लाईफ, अपी पावर जस्ता कम्पनीहरुमा हकप्रदको सूचनाका कारण लगानीकर्ताहरु झुम्मिए

यी हुन शेयर मूल्य धेरै बढ्ने कम्पनीहरु

कारोबार रकम अघिल्लो दिनको भन्दा ४२ करोडले कम भएर २ अर्ब ९९ करोड भएको छ । सूचकमा ४३.०२ अंकल् बढोत्तरी भएर १५४५.१९ विन्दुमा पुगेको छ ।

धेरै रकमको कारोबार हुने मुख्य १० कम्पनीमा बाणिज्य बैंकको संख्या दुईवटा मात्र देखियो ।

कारोबार रकममा बाणिज्य बैंकहरुले नेतृत्व नगर्दा पनि अरु कम्पनीको शेयर मूल्य बढ्दा नेप्से सूचक बढेको हो । नेप्से सूचक बढ्नलाई बाणिज्य बैंकको शेयर मूल्य नै बढ्नुपर्छ भन्ने भ्रम अब समाप्त भएको छ । बैीकड. समूह १२ अंकले माथि जाँदा जीवन बीमा ६७३, निर्जिवन ३०७, एत्पादन तथा प्रशोधन ११८, लघुवित्त सूचक ८४ अंकले माथि जाँदा अरु कम्पनीको शेयर मूल्यमा पनि तीब्र उछाल आयो र सूचक माथि धकेलिन सहयोग पुग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here