बैंकहरुलाई धितोपत्र बजार सम्बन्धि काम गर्ने अधिकार वा ब्रोकर लाइसेन्स दिनुपर्ने सात कारण देखाउदैँ बैंकर्स संघले अर्थ समितिलाई पत्र पठाएको छ ।

अर्थ समितिले पूँजी बजार तथा मुद्रा बजार सम्बन्धि अध्ययन गर्न सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठन गरेको समितिमा संघले सात फाइदा देखाउदैँ पत्र पठाएको हो जसमा संघका नव नियुक्त अध्यक्ष भुवन दाहालले हस्ताक्षर गरेका छन् ।

यस्ता छन् कारण ः
१ नेपाल राष्ट्र बैंकले लिएको निति अनुरुप ७५३ स्थानिय तह मध्ये ७४३ स्थानीय तहमा बाणिज्य बैंकका चार हजार भन्दा बढि शाखा रहेको र ब्रोकर लाइसेन्स पाएमा सबै सर्वसाधारणले सजिलै रुपमा धितोपत्र बजारमा कारोबार गर्न सक्ने संघको ठम्याई रहेको छ ।
२. बैंकिङ क्षेत्र पारदर्शी र नीति नियमको पालना गर्ने सन्दर्भमा सबैभन्दा उत्कृष्ठ रहेको जनाउँदै बैंकहरुलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङ नहुने दाबी गरेको छ।
३. बैंकमा कार्यरत कर्मचारीले शेयरबजार सम्बन्धि सम्पुर्ण तथा सत्य जानकारी प्रबाह गर्न सक्ने बैकर्स संघले दाबी गरेको छ । तसर्थ कोही पनि सर्वसाधारणले कसैको बहकावमा लागेर लगानी गनुृनपर्ने समेत संघले जनाएको छ ।
४. अन्तरराष्ट्रिय बजारमा यस्तो विधि पहिल्यै देखि चलिआएको र सफल समेत भएको तर नेपालमा भने यस्को अभ्यास नौलो भएको जनाएको छ ।
५. कतिपय बाणिज्य बैंकहरुले सहायक कम्पनी खोली सेवा दिन तत्पर स्थितिमा रहेको र बैंकलाई ब्रोकर लाइसेन्स प्राप्त हुन साथ ४० हजार कर्मचारीको सिप, योग्यता, क्षमता कलाकौशल प्रयोग गरि धितोपत्र सम्बन्धि सम्पुर्ण कार्य गर्न बैंक सक्षम रहेको दाबी गरेको छ ।
६. कुनै पनि देशको अर्थतन्त्र लगानीमा निर्भर रहन्छ भन्ने कुरमा दुईमत नहोला । बैंकहरुलाई धितोपत्र कारोबारको लाइसेन्स दिनसाथ दुरदराजमा रहेका आम नागरिकले पनि शेयर बजारमा लगानी गर्नेछन् जसले अर्थतन्त्र मजबुत हुनेछ ।
७.अन्तरराष्ट्रिय रुपमा गरिने क्यामेल्स रेटिङ मा समेत नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एसियाकै अब्बल स्थानमा रहेको छ ।

बैंकहरुलाई धितोपत्र बजारको लाइसेन्स दिदाँ नेपालको धितोपत्र बजार धेरै हदसम्म विस्तार हुने भन्दै लगानीकर्ताहरुले लगातार दबाब सिर्जना गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here