बैंकहरुको गत बर्षको तेस्रो त्रैमासको भन्दा यसपल्ट खुद नाफा बढेको देखिएको छ र प्रति शेयर आम्दानी पनि बृद्धि भएको देखाईएको छ तर लगानीकर्ताले यसैका आधारमा मात्र लगानीसम्बन्धी धारणा बनाए भने त्यो घातक हुने संभावना पनि उत्तिकै छ ।
बैंकहरुले पाकेको तर असुल नभएको ब्याज आम्दानीलाई पनि नाफामा देखाएर खुद नाफा बढाएका हुन् तर रेगुलेटरी रिजर्भमा ठूलो रकम प्रभोजिन गर्नु परेबाट वितरणयोग्य खुद नाफा कयौं बैंकको दोस्रो त्रैमास भन्दा पनि कम र शेयरधनी कोष ऋणात्मक समेत हुन गएको देखिन्छ । तेस्रो त्रैमासको त यस्तो हालत छ भने झन् दुई महिना बाँकी रहेको चोथो त्रैमासमा झन् कोरोना प्रभाव के होला भन्ने प्रश्न छदैछ ।
बाणिज्य बैंकहरुको दोस्रो र तेस्रो त्रैमासको बित्तीय विवरणमा तुलनात्मक अध्ययन
स्रोतः सम्बन्धित बैंकहरुको बित्तीय विवरण
त्यसले लगानीकर्ताले अहिले बैंकहरुले देखाएको खुद नाफा र प्रतिशेयर आम्दानी आम्दानीकै भरमा मात्र लगानीसम्बन्धी धारणा बनाउनु घातक छ किनभने अहिले जति प्रतिशेयर आम्दानी देखाए पनि आगामी साधारणसभामा शेयरधनीको रित्तो हात हुने संभावना हुनसक्छ । बैंक संचालक समितिले पनि वितरणयोग्य मुनाफा र शेयरधनी कोषमा रकम भए न बाँड्ने हो ।
यो पनि पढ्नुहोस
बैंकहरुले यसरी अर्ब-अर्ब खुद नाफा देखाए पनि लगानीकर्ताले एक रुपैयाँ लाभांश नपाउने खतरा
बैंकहरुले खुद नाफा धेरै देखाएर सरकारलाई ३० प्रतिशत कर तिर्ने र कर्मचारीलाई १० प्रतिशत बोनसका लागि पनि रकम ब्यवस्था गर्ने तर शेयरधनी कोष चाँही रित्तो हुने संभावना छ । पाकेको ब्याजलाई पूँजीकृत गरिएको खण्डमा भने अबस्था फरक पर्नसक्छ ।
कोरोना प्रभावले बैंकको कर्जा असुलीमा कस्तो प्रभाव पर्छ र सरकार तथा केन्द्रीय बैंकले के कस्तो नीति अख्तियार गर्छ भन्नेमा बैंकका शेयरधनीले आउने साधारणसभामा लाभांश पाउने वा नपाउने कुराको निधारण हुनसक्छ । बैंक तथा बित्तीय संस्थाको जोखिमबहन क्षमता र अख्तियार गर्ने रणनीतिमा आधारित भई धैर्यसाथ लगानीसम्बन्धी निर्णण् गर्नु आबश्यक छ ।
शेयर प्रिमियम धेरै रहेका बैंकहरुले भने केही बोनस शेयर बाँड्न सक्ने सुनिश्चितता हुनसक्छ तर त्यसको पनि कसैले ग्यारेन्टी अहिले गर्न सक्दैन । त्यसैले बैंकहरुको दीर्घकालीन योजना र जोखिम ब्यवस्थापनका लागि अख्तियार गरेका रणनीतिमा आधारित रहेर शेयर बजारमा लगानी गर्नु एकदम महत्वपूर्ण छ ।