बैंक अफ काठमाण्डौले गत बर्षको कमाइबाट प्रस्ताव गरेको १४ प्रतिशत बोनश पछिको शेयरमुल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्चेञ्जले सोमबार कम्पनीको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता २ सय ८८ रुपैयाँ ६० पैसा कायम गरेको छ । बैंकको नेप्सेमा भएको गत १ सय ८० दिनको कारोबारअनुसार उसको औसत आधारमुल्य ३ सय २८ रुपैयाँ ३० पैसा कायम भएको छ ।

हाल ७ अर्ब ७ करोड चुक्ता पूँजी रहेको कम्पनीको बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ६ करोड पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here