अर्थ समितिमार्फत बाणिज्य बैंकलाई ब्रोकर दिने प्रक्रिया अबरुद्ध गर्ने भुमिका खेलेको आरोप खेप्दै आएकी सांसद रामकुमारी झाँक्री नै अहिले आफ्नै पार्टी भित्रका “अरिंगाल”हरुको आक्रमणमा परेकी छन् ।

सांसद झांक्रीले राष्ट्रपति, प्रधानमन्त्रीदेखि अरु राजकीय पदमा रहनेहरुको सचिवालयमा बसेर सित्तैमा तलब भत्ता खाने ४८ जनादेखि ७० जनासम्मको कटौति गर्नुपर्ने आवाज उठाएपछि उनीमाथि “अरिंगाल” आक्रमण भएको हो । झाँकीले आफ्नो फेसबुक स्टाटसमा सचिवालयमा बसेर सित्तैमा तलव खानेहरुलाई नहटाएर प्रधानमन्त्रीले दुई चार महिनाको तलव नलिने घोषणा गर्दैमा खर्च कटौति नहुने तर्क गरेकी छन् । उनले सांसद बिकास कोषको ६ करोड रुपैयाँसम्म पनि कटौति गर्नुपर्ने र त्यो रकम कोरोना राहत कोषमा राखेर जनताको पक्षमा परिचालन गर्नुपर्ने धारणा राखेकी छन् ।

अर्थ समितिको उपसमिति मार्फत अध्ययन गर्ने नाममा बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिनुहुन्न भनी “स्वार्थ समूहको गोटी” बनेको आरोप खेपेकी झाँकीले त्यतिखेर “प्रधानमन्त्री र अर्थमन्त्रीकै सल्लाहबमोजिम अध्ययनको नाममा झुलाएकी थिइन” भन्ने आरोप शेयर लगानीकर्ताहरुले लगाईरहेका छन् । उपसमितिको संयोजक बनेर झाँकीले बैंकलाई ब्रोकर लाईसेन्स दियो भने इन्साईडर ट्रेडिड. हुन्छ भन्दै आएकी थिइन र महिनौ बित्दा पनि उनले प्रतिबेदनलाई अन्तिम रुप दिएर बैंकलाई लाईसेन्स दिने प्रक्रिया खुलाकी छैनन् । नेप्सेले झाँकी समितिलाई नै बहाना बनाएर बैंकलाई ब्रोकर लाईसेन्स रोकिदिएको थियो र बजार बिस्तारको काम अबरुद्ध बनेको छ ।

प्रधानमन्त्रीको सचिवालयका तर्फबाट प्रेस सल्लाहकार सूर्य थापाले भने सचिवालयमा तलव खाने १४ जना मात्र रहेको भन्दै झाँक्रीको आरोपको खण्डन गरेका छन् ।

झाँकीले आफु लोकप्रिय हुने नाममा अहिले चर्का कुरा गरेको भन्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पा्रेख्रेलकी श्रीमति तथा अखिल नेपाल महिला संघकी नेतृ सुजिता शाक्यले नै विरोध गरेकी छन् ।

तर झाँक्रीको फेसबुक वालमा प्रतिक्रिया जनाउने ७४ जना मध्ये अधिकांशले झाँक्रीको विचारको समर्थन गरेका देखिएको छ ।

झाँक्रीको अभिब्यक्तिको विरोध गर्ने क्रममा कतिपयले समानुपातिक र मनोनीत सांसद पद नै खारेज गर्नुपर्ने भन्दै झाँकीको हैसियतमाथि प्रश्न उठाएका छन् । झांक्री समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here