जोहानेस्बर्ग । चीनमा हुन गईरहेको ब्रिक्स सम्मेलनमा आगामी दिनका लागि आवश्यक क्षेत्रीय एजेण्डा तय गर्नुका साथै आर्थिक विकासका क्षेत्रमा उपलब्धिमूलक हुने विज्ञहरुले आशा ब्यक्त गरेका छन् ।
विश्वका ठूला र उदीयमान अर्थतन्त्र भएका देशहरुको संगठन ब्रिक्समा भारत, ब्राजिल, चीन, दक्षिण अफ्रिका छन् ।
उनीहरुले यस सम्मेलनमार्फत ब्रिक्स देशहरुमा आर्थिक विकासको साथै अन्य आवश्यक एजेण्डाहरु स्थापित गर्ने क्षेत्रीय संगठनका रुपमा विकास गर्न ठूलो सहयोग पुग्ने बताएका छन् ।
विश्वव्यापी आर्थिक समस्याको समाधानमा यो ब्रिक्स सम्मेलन पनि सहयोगी सिद्ध हुनसक्छ भन्नेमा पनि यो सम्मेलनका सहभागीले छलफल गर्न सक्नेमा उनीहरुले जोड दिएका छन् ।
विश्वका उदीयमान अर्थतन्त्रहरुको संलग्नता रहेको ब्रिक्स सम्मेलन आगामी सेप्टेम्बर ३ देखि तीन दिनसम्म सियामेनमा हुदैछ ।
उक्त सम्मेलनमा यस क्षेत्रमा क्षेत्रीय आर्थिक एजेण्डाहरुका साथै अन्य बिभिन्न समसामयिक क्षेत्रीय विषयहरुका बारेमा छलफल हुदैछ ।