शेयर बजार चालु रहेको बेला किनिएका शेयरको भुक्तानी नभएपछि ब्रोकहरुले तत्काल पैसा भुक्तान गर्न दबाब दिदै त्यसो नभए बजार खुलेकै दिन आफुले पुल एकाउन्टमा रहेको लगाीकर्ताको शेयर बिक्री गरिदिने चेतावनी दिएपछि कोरोना संक्रमण र लकडाउनबाट प्रताडित बनेका लगानीकर्ताहरुमा चिन्ता बढेको छ ।

बजार सहज अबसथामा रहेको बेला बेचबिखन र कर्जा सापट गरेर मिलाउने गरी खरिद गरिएका शेयरहरुको भुक्तानी पाउन नसकेपछि ब्रोकरहरुले विभिन्न उपाय गरी सेटलमेन्टका लागि रकम जोहो गरेका थिए ।

यस अघि बैसाख ३० र ३१ गते ब्रोकर आफैले शेयर बिक्री गर्न खोजे पनि खरिदकर्ता नभएकाले शेयर बिक्री हुन सकेन । त्यसमाथि बिक्री भएको शेयर हस्तानतरणका लागि धितोपत्र बोर्डले ईडिहाईएस अनिबार्य गरेपछि ब्रोकरहरुलाई शेयर बिक्रीमा समस्या परेको थियो ।

धितोपत्र बोर्डले अनिबार्य ईडिाआईएसको ब्यवस्था परिमार्जन नगरेमा ब्रोकरहरुलाई लगानीकर्ताको खातामा रहेको शेयर बिक्री गर्न समस्या पर्ने देखिन्छ ।

अब खुल्ने बजारमा ब्रोकरहरुले रकम भुक्तानी नगरेका लगानीकर्ताहरुलाई शेयर बिक्री गर्न दबाब दिने र नबेचे आफैले बेचिदिने चेतावनी आउन थालेको छ । यसो गर्दा पनि शेयरको मूल्य घटेर तल आईसकेको अबस्थामा घाटा हुने रकम कसले ब्यहोर्ने भन्ने अन्योल कायमै छ । लगानीकर्ताको स्वीकृति बिना बेचिएको शेयरमा हुने घाटा सहन सम्बनिधत लगानीकर्ता तयार नभए त्यो ब्रोकरकै थाप्लोमा पर्ने निश्चित छ ।

यसले ब्रोकर लगानीकर्तावीचको अविस्वास अरु बढाएर लैजाने खतरा पनि छ ।

एक जानकार स्रोतका अनुसार कतिपय ब्रोकरले लगानीकर्ताबाट २५ करोड रुपैयाँसम्म उठाउन बाँकी छ । सबै ब्रोकरहरुमा रहेको लगानकिर्ताको बक्यौता रकम जोड्दा दुई अर्ब भन्दा बढी हुने बताईन्छ ।

कोरोना संकट र लगातारको लकडाउनका कारण आफूले रकम जोहो गर्न नपाएकाले ब्रोकरलाई शेयर किनेको पैसा भुक्तान गर्न नसकेको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here