शेयर बजारमा लाग्दै आएको ब्रोकर कमिशन दर (दलाली शुल्क) घट्ने निश्चित भएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले शेयर कारोबारमा हाल लाग्दै आएको कमिशन दर घटाउने गृहकार्य शुरु गरेको जानकारी दिनुभएको छ ।
शेयर लगानीकर्ता दबाब समूहले हाल लाग्दै आएको ०.६० प्रतिशत कमिशन दर अति महंगो भएकाले अनलाईन कारोबार गर्नेहरुलाई ०.२० प्रतिशत मात्र कमिशन दर लाग्ने गरी घटाउनुपर्ने समेतका बिषय समेटी २५ बुँदे मागपत्र धितोपत्र बोर्डमा पेश गरेको छ ।
कोरोना र लकडाउनबाट प्रभावित शेयर लगानीकर्तालाई ब्रोकर कमिशन घटाएर राहत दिनुपर्ने माग लगानकिर्ताहरुबाट उठेको छ ।
अध्यक्ष ढुंगानाले शेयर कारोबार खोल्नु अगाडि नै ब्रोकर कमिशन घटाउने गरी गृहकार्य शुरु गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो-“ब्रोकर कमिशन अबश्य घट्छ तर कति घट्छ भन्ने कुरा निर्णय गरेपछि मात्र सार्वजनिक गर्छौ ।”