शेयर ब्रोकर नम्बर १० प्रज्ञान सेक्युरिटिजका संचालक तथा प्रधानमन्त्री केपी ओलीका निकट नातेदार प्रल्ल्हाद ओलीको निधन भएको छ ।
गत आइृतबार हृदयघाटको सामना गरेका ओलीको ह्पाम्स अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो ।
ब्रोकर नम्बर ४९ अनलाईन सेक्युरिटिजका संचालक अनन्त पौडेलले ओलीको हृदयघात भएपछि उपचारको क्रममा निधन भएको शेयरलगानी डटकमलाई जानकारी दिएका छन् ।
ओलीमा केही समयदेखि मधुमेह र मुटुको समस्या थियो ।