नयाँ दिल्ली ।  भारतमा आय कर प्रयोजनका लागि प्रयोग हुने करोडौ ब्यक्तिहरुको आधार कार्डमा आधारित गोप्य बिबरण चोरिएको बिषयले बिबाद सिर्जना गरेको छ ।

अगस्तको २५ तारेखतिर अमेरिकी खुफिया ऐजेन्सीले भारतीय बायोमेट्रिक डाटा प्रणालीको बिबरणहरु चोरेको विकिलिक्सले सार्वजनिक गरेपछि भारतभर हंगामा भईरहेको छ ।

भारतको बिशिष्ट पहिचान प्राधिकरणले आधार कार्डका लागि लिईएको डाटा पूर्ण रुपमा सुरक्षित रहेको दावी गरेको छ । डाटा सुरक्षा गर्न कडा नियम लागु गरिएकाले कसैले पनि डाटा चोर्न नसक्ने उसको तर्क छ ।

तर आधार कार्डका लागि आफ्नो ब्यक्तिगत बिबरण दिएकाहरु भने गोपनियता भंग हुने डरले त्रसित बनिरहेका छन् । यसमा डिजिटल ईण्डियाले सर्बसाधारणलाई भरोसा दिलाउँदै भनेको छ, कुनै पनि गोप्य डाटाबेश ईन्टरनेटमा उपलब्ध हुने छैन ।

स्रोतः बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here