मध्यभोटेकोशी जलविद्युतले सञ्चयकर्तालाई निष्काशन गरेको १ करोड १७ लाख कित्ता आइपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो ।

आइपीओमा आवेदन दिन चाहाने लगानिकर्ताले सी आस्वा मार्फत आवेदन दिन सक्नेछन ।

कम्पनीको आइपीओमा सञ्चयकर्ताले ५० कित्तादेखि ५ सय कित्तासम्मको लागि आवेदन गर्न सक्ने ब्यबस्था रहेको छ ।

भोटेकोशिको आइपीओ निष्काशनमा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल रहेका छन ।

कम्पनीले गत कात्तिक २८ गतेदेखि पहिलो चरणमा सञ्चयकोषका सञ्चयकर्ताको लागि १ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड १७ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो जसमा मागभन्दा बढि आवेदन परीसकेकोले शुक्रबारबाटै शेयर निष्काशन बन्द गर्न लागिएको हो ।

कम्पनीले यस आइपीओ बिक्री बन्दपश्चात मंसिर १८ देखि २६ गतेसम्म संस्थापक संस्थाका कर्मचारीका लागि २ करोड ७० लाख रुपैयाँ बराबरको २७ लाख कित्ता शेयर निष्काशन गर्ने छ ।

यसपछि कम्पनील दोस्रो चरणमा सिन्धुपाल्चोकका स्थानियवासीका लागि ६० करोड रुपैयाँ र सर्वसाधारणको लागि ९० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गदै छ ।

चिलिमे जलबिद्युतको सहायक कम्पनीको रुपमा रहेको मध्यभोटेकोशीमा चिलिमेको ३८ प्रतिशत हिस्सेदारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here