सिन्धुपाल्चोकमा १०२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको चिलिमेको सहायक कम्पनी मध्य भोटेकोशी जलविद्युतले कार्तिक २८ गतेदेखि पहिलो चरणको  १ करोड ४४ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

हाईड्रोको शेयरमा डुबेका सर्वसाधारण लगानीकर्ता धुरु – धुरु रुने दिन आउँदैछ

मध्य भोटेकोशीको शेयरमा लगानी गर्नु अघि कर्मचारी र संचयकर्ताले ध्यान दिनुपर्ने यी कुरा

कम्पनीले कुल १ करोड ४४ लाख कित्तामध्ये १ करोड १७ लाख कित्ता संचय कोषका सञ्चयकर्ताहरुका लागि, २१ लाख कित्ता संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि र बाँकि ६ लाख कित्ता ऋणदाता संस्थाका कर्मचारीका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले कात्तिक २८ देखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन गर्नेछ जसमा कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्म आवेदन दिन पाउनेछन ।

त्यसैगरी मंसिर १८ देखि २६ गतेसम्म संस्थापक शेयरधनी संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीका लागि निष्काशन गर्ने जनाएको छ । यसमा कम्तीमा ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि आवेदन दिन पाइने ब्यवस्था रहेको छ ।

यस आईपीओको बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयका लागि ६० लाख कित्ता र तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीलाई ९० लाख कित्ता आईपीओ निष्काशन गर्ने छ ।

कन्पनीको आइपीओमा विक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटलले गर्ने छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here