सम्तकोशी डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने तयारीमा रहेको काबेली विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा बर्ढार सन्तोषजनक प्रगति गरेको छ ।

गत बर्षको दोस्रो त्रैमासमा ८० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक बर्षको सोहि अवधिमा १ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको तुलनामा २९ दशमलव ५४ प्रतिशतले खुद नाफा बढाएको हो ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बृद्धि हुदा उसको खुद नाफा पनि बढेको हो । बैंकले चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा ३ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकले २ करोड ५८ लाख १५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकले निक्षप संकलन ६५ करोड ९० लाखबाट ८६ करोड ७० लाख रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह ५७ करोड ८७ लाखबाट ७८ करोड ३२ लाख रुपैयाँ पुर्याएको छ ।

बैंकको खराव कर्जा अनुपात ४ दशमलव ११ प्रतिशतबाट बढेर ४ दशमलव ४१ प्रतिशत पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी २८ करोड ४२ लाखरुपैयाँ र जगेडा कोषमा ४ करोड ११ लाख रुपैयाँ छ । उसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ १ सय १४ रुपैयाँ ४८ पैसा छ । उसको मुल्य आम्दानी अनुपात ४० दशमलव ३८ गुणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here