गाभ्ने, गाभिने वा प्राप्ति प्रक्रियामा जाने प्रस्ताब पारित गरी जोडी खोज्दै गरेको एनसीसी बैंकमा सामान्य सुधार भएको छ ।

बैंकले निस्क्रिय कर्जा अनुपात घटाएर आफुलाई स्वस्थ बनाउँदै लगेको छ भने नियमित आम्दानी बढाएर खुद नाफामा बढोत्तरी पनि गरेको छ ।

बैंकले दोस्रो त्रैमास सम्ममा ७५ करोड ६३ लाख खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष को तुलनामा १ करोड ६४ लाख बढि खुद नाफा कमाएको हो । बैंकको ६ महिनाको वितरण योग्य नाफा ५२ करोड ५२ लाख ६० हजार रुपैयाँ रहेको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढेको हो ।

बैंकले पुस मसान्त सम्ममा ६३ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६४ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट १ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, भने १ अर्ब ५ करोड ९३ लाख संचालन मुनाफा कमाएको छ ।

बैंकको हाल चुक्ता पूँजी ८ अर्ब १३ करोड ३८ लाख रहेको छ, जगेडा कोषमा २ अर्ब ५८ करोड २२ लाख रुपैयाँ सञ्चित छ भने शेयरधनी कोषमा १ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ र शेयर प्रिमियममा १६ करोड ९८ लाख रुपैयाँ रहको छ ।

बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६० पैसा रहेको छ भने नेटवर्थ १५६ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात ११.७८ गुणा कायम भएको छ ।

बैंकको निष्कृय कर्जा गत बर्षको तुलनामा ०.७१ प्रतिशतले घटेको छ । गत बर्ष ३.५३ प्रतिशत थियो भने चालु आर्थिक बर्षमा २.८२ प्रतिशत रहेको छ ।

बैंकको पूँजी कोष अनुपात १३ प्रतिशत माथि हुँदा सीडीसी रेसियो पनि ७६ प्रतिशत मात्र रहेकाले थप बर्जा प्रबाह गर्नसक्छ तर कोषको लागत ७.५० रहेकाले १०.५८ प्रतिशत भन्दा सस्तोमा कर्जा प्रबाह गर्न सक्दैन । उसको स्प्रेड दर सरकारी सुरक्षणमा लगानी समेत जोड्दा ५.१८ रहेकाले उसले ४.४४ प्रतिशतमा झार्दा नाफामा असर पर्नसक्ने अबस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here