संस्थाको गत पुस २६ गते सम्पन्न साधारणसभाले चुक्ता पुँजी २० करोड पुर्याउने प्रस्ताव पारित गरेपछि आईपीओ निष्काशन गर्ने भएको छ ।

सारथी र सत्यावती लघुवित्त मिलेर सारथी लघुवित्त बनेपश्चात आईपीओ निष्काशनको तयारीमा रहेको छ ।

चुक्ता पुँजी बढाउन तथा संस्थालाई राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न मर्जर तथा एक्विजिसन सम्बन्धि सम्पुर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ ।

संस्थाका अनुसार उक्त साधारण शेयर यसै बर्ष निष्काशन गर्ने जनाएको छ । मर्जर पछि गत पुस ४ गतेबाट संयुक्त कारोबार थालेको हो ।

संस्थाको हरेक पक्षमा सुधार गरि यसलाई सबल र सक्षम बनाउन संस्था प्रतिबद्ध रहेको जनाएको छ । साथै सोही साधारणसभाबाट आगामी चार बर्षको लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी चार जना संचालक सर्वसम्मत चयन गरेको छ, जसमा कमल प्रसाद ज्ञवाली, राम बहादुर खडका, बद्री कुमार घिमिरे र बिनोद कुमार शर्मा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here