नेपालको पहिलो बैंक नेपाल बैंकले युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा महावीर पुनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेर आफ्नो ब्यवसायिक यात्राको नयाँ प्रचार शुरु गरेको छ ।

बैंकका प्रबक्ता प्रकाश अधिकारीले जनाए अनुसार नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागि पर्नु भएका पुनलाई बैंकले सोमाबारदेखि ब्राण्ड एम्बेस्डर नियुक्त गरेको हो ।

आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा आयोजित समारोहमा ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र केन्द्रका अध्यक्ष डा पुनले हस्ताक्षर गर्नुभयो ।

प्रमुखकार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाई दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएकायुवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्तगर्न पाउनु गर्वको विषयभएको बताउनुभयो । उहाँले नेपाल बैंक युवाउद्यमीहरुसँग हातेमालो गर्दै देशको समृद्धिका लागि योगदानदिनतयार रहेको बताउनुभयो ।

सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्राण्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्यभएको बताउनुभयो । उहाँले देशको समृद्धिका लागि अगाडी बढ्ने मौका आएको भन्दै नेपाल बैंकको प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जनस्तर र विदेशीको सहयोगमा स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका२० वटा क्षेत्रमानयाँ–नयाँ अनुसन्धानको कामगरिरहेका छ । वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचनाप्रबाहगर्ने लक्ष्यबोकेर नेपालवायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट संजालविस्तार गर्न सफलव्यक्तित्वमहावीर पुनम्याग्दीजिल्लाको नांगीगाउँमाजन्मिनु भएको हो । उहाँले एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन मेग्यासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मानहरु पाउनु भएको छ ।

बि.सं.१९९४ कार्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापनाभई अविच्छिन्न रुपमा नेपालमा बैंकिङ्ग सेवाप्रवाहगर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८३ वर्षको इतिहास बनाएको छ । सरकारको
५१ प्रतिशत हिस्सा रहेको बैंकले देशको ६३ जिल्लामा रहेका १७८ वटा शाखाहरु, २६ बटा एक्स्टेन्सन काउण्टर तथा ११९ बटा एटिएम मार्फत बैंकिङ्ग सेवादिँदैआएको छ र आगामीआ.ब. भित्र सबै जिल्लाहरुमाशाखा सञ्जालपुर्याउने लक्ष्यका साथकार्यहरु अगाडि बढाईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here