महालक्ष्मी विकास बैंकको २ जना सेयरधनीले ३१ हजार ६९५ कित्ता सेयर बिक्री गर्ने भएका छन् ।


जसमा सस्ंथापक सेयरधनी माधव अधिकारीले २० हजार र धनकुमारी श्रेष्ठले ११ हजार ६९५ कित्ता सेयर बिक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।

तर उक्त शेयरको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्ने बैंकले् जनाएको छ तर यदि संस्थापकले आवेदन नदिएको हकमा भने सो शेयर सर्वसाधारणको लागी खुल्ला गरिने छ ।

आवेदन दिन इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको मुख्य कार्यलय दरबारमार्ग, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here