महिला सहयात्रा  लघुवित्तको निष्किृय कर्जा बढेपछि नाफामा कमी आएको छ ।समिक्षा अवधिमा निष्किृय कर्जा १.१५ प्रतिशतले बढेपछि १८.५७ प्रतिशत अर्थात २३ लाख ३१ ह्जार रुपैयाँले खुद नाफामा कमी आएको हो ।

गत आ.व.को पुस मसान्तमा लघुवित्तले १ करोड २५ लाख ४९हजार रुपैयाँ खुद नाफा कमाएको थियो तर यस बर्ष भने १ करोड २ लाख१८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ ।

निष्किृय कर्जा बढेपछि यसको संभाव्य जोखिम कोषमा पनि बढि रकम छुट्याउनु परेको कारण नाफामा कमि आएको हो । गत आ.व.को पुस मसान्तको तुलनामा चालु आ.व.को सोही अवधिमा संभाव्य घाटा कोषमा ९७ लाख बढाउनु परेको छ ।

यस्तै लघुवित्तले ३५ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरी ८२ करोड ४० लाख रुपैयाँ सापटी मार्फत १ अर्ब २९ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ जसबाट ४ करोड ८० लाख खुद ब्याज आम्दानी गरेको छ ।

१३ करोड ३१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ करोड ३० लाख १४ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८९ पैसा रहेको भने बार्षिक प्रतिशेयर नेटवर्थ १३७ रहेको छ ।
मूल्य आम्दानी अनुपात ४२।०९ गुणा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here