माछापुच्छे् बैंकले विदेशबाट एक अर्ब नेपाल रुपैयाँ ऋण ल्याउने भएको छ । नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी अभावको समस्यालाई मध्यनजर गर्दै बैंकले दुबईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात एक अर्ब रुपैयाँ भन्दा बढी पैसा नेपाल ल्याउने भएको हो ।

बैंकले नेपालमा रकम भित्र्याउनका लागि माश्रिक बैंकसँग सम्झौतासमेत गरिसकेको छ । अब राष्ट्र बैंकबाट स्वीकृति पाएपछि रकम ल्याईने बैंकले जनाएको छ ।

माश्रिक बैंकबाट लिने लागेको रकम कृषि,उर्जा,पर्यटन,साना तथा मझौला व्यवसायलगायत विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here