माछापुच्छ्रे बैंकको पनि स्प्रेड दर उच्च हुँदाको मार आगामी त्रैमासहरुमा खेप्नुपर्ने संभावना देखिएको छ । राष्ट्र बैंकले स्प्रेड दर ४.४४ प्रतिशतमा झार्नुपर्ने निर्देशन फिर्ता लिएन वा सहुलियत दिएन भने माछापुच्छ्रे बैंकको अहिलेको ५.२४ प्रतिशतको स्प्रेड दर धेरै महंगो पर्न जाने हुनसक्छ ।
बैंकले ९७ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब ५४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।
बैंकले गत बर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस बर्ष ४ करोड बढाएर ८२ करोड खुद नाफा आर्जन गरेको छ ।
उसको वितरणयोग्य नाफा भने ६० करोड ६३ लाख रुपैयाँ मात्र हो । बैंकको जगेडा कोषमा २ अर्ब ५ करोड, शेयरधनी कोषमा ६१ करोड र शेयर प्रिमियममा ३ करोड छ।
८ अर्ब ४५ करोड चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात ११.७८ गुणा र प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८८ पैसा छ ।
बैंकको निष्क्रिय कर्जा सो अवधिमा ०.४५ प्रतिशत छ, जसलाई सामान्य रुपमा लिन सकिन्छ ।
बैंकको कोषको लागत ७.६४ प्रतिशत र आधार दर १०.२६ प्रतिशत रहेकोले ऋणीले सस्तो दरको कर्जाको अपेक्षा गर्नु उचित छैन ।