माथिल्लो तामाकोशी जलबिद्युत कम्पनी लिमिटेडको एक अर्ब ५८ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर कार्तिक १५ गतेदेखि १९ गतेसम्म सर्बसाधारणमा बिक्रीमा आउने भएको छ ।

कम्पनीले आयोजना प्रभावित दोलखाबासीलाई एक अर्ब ५ करोडको शेयर बिक्री बन्द गरेपछि सर्बसाधारणलाई शेयर बिक्री खोल्न लागेको हो ।

एक करोड ५८ लाख कित्ता शेयर पाउन सर्बसाधारणले ५० कित्तादेखि एक हजार कित्तासम्मका दरले आबेदन गर्न सक्नेछन् ।

सर्बसाधारणले आफ्नो हितग्राही खाता नम्बरसहित सी आश्वा सदस्यता प्राप्त बैंक तथा बित्तीय संस्थाको शाखा कार्यालय वा मेरो शेयर सफ्टवेयर मार्फत आबेदन गर्नुपर्ने हुन्छ ।

शेयर निश्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराईज क्यापिटल रहेका छन् ।

पाँच लाख सर्बसाधारणले यस शेयरमा ५० कित्ताको दरले आबेदन गरे पनि पनि न्युनतम १० कित्ता अनिबार्य रुपमा पाउँने छन् भने त्यस भन्दा बढीको हकमा ३१ कित्तासम्म प्राप्त गर्नसक्ने संभावना हुन्छ ।

माथिल्लो तामाकोशीले यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, नागरिक लगानी कोष, बिद्युत प्राधिकरण लगायतका कर्जा लगानी गर्ने संस्थाका कर्मचारीहरुलाई समेत बितरण गरेको तीन अर्ब रुपैयाँको शेयर सर्बसाधारणको सँगै सुचिकृत भएर बजारमा आउने हुँदा शेयर मूल्य चाँही कति होला भन्ने कुरा बिचारणीय छ ।

यो पनि पढ्नुहोस्

माथिल्लो तामाकोशीको शेयर सुचिकृत हुने बित्तिकै ओईरो लाग्छ बजारमा शेयर (तथ्यसहित)

प्रति मेगावाट १४ करोड २५ लाख लागत रहेको चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीले केही बर्षसम्म लाभांश दिनसक्ने अबस्था हुन्न । उसले आउने बैसाखसम्ममा बिद्युत उत्पादन गर्ने संभावना छ । पूर्णतः स्वदेशी लगानीमा बनेको आयोजनाको यस शेयरमा दीर्घकालीन हिसाबले गरिने लगानी भने फाईदाजनक हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here