४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाले आयोजना प्रभावित दोलखाबासीका लागि निश्काशन गरेको शेयरमा आबेदन गर्ने म्याद परिवर्तन भएको छ ।

आयोजनाले यही असार १४ गतेदेखि साउन ९ गतेसम्ममा जिल्लाबासीले शेयरमा आबेदन गरिसक्नुपर्ने मिति तोकेको थियो । स्थानीयबासीले शेयरमा आबेदन गर्न पैसा नभएको, बर्षातको समय भएकाले आबेदन गर्न समस्या पर्ने लगायतका कारण देखाएर बिरोध गरेपछि अब साउन १६ गतेदेखि भदौ १४ गतेसम्म आबेदन गर्ने म्याद तोकिएको छ ।

आयोजनाले स्थानीयबासीहरुका एक अर्ब ५ करोड बराबरको चुक्ता पूँजीको १० प्रतिशत शेयर बिक्रीको स्वीकृति धितोपत्र बोर्डबाट पाएको छ ।

स्थानीयबासीहरुका लागि शेयर बितरण गरेपछि मात्र देशभरिका सर्बसाधारणका लागि एक अर्ब ५८ करोड बराबरको अर्थात चुक्ता पूँजीको १५ प्रतिशत शेयर निश्काशन हुनेछ । स्थानीयबासीहरुकै लागि शेयर निश्काशनमा ढिलाई भएपछि अब सर्बसाधारणले पनि आबेदन गर्नमा ढिलाई हुने भएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here