माथिल्लो तामाकोशी आयोजनाले दोलखाबासीहरुका लागि निश्काशन गरेको एक अर्ब पाँच करोड रुपैयाँ बराबरको साधारण शेयरमा आबेदन दिने म्याद एक साता थपिएको समाचारसँगै अब सर्बसाधारणका लागि एक अर्ब ५८ करोड रुपैयाँको शेयर कहिले निश्काशन होला भन्ने चासो बढेको छ ।

आयोजनाले दोलखा जिल्लाबासीका लागि निश्काशन गरेको शेयर बाँडफाँड गरे लगत्तै देशभरका सर्बसाधारणका लागि शेयर निश्काशन गर्नेछ । शेयर बजारमा चासो राख्नेहरु माथिल्लो तामाकोशीको शेयरमा लगानीका लागि पूर्व तयारीका साथ हातमा पैसा लिएर बसेको अबस्था छ ।

शुरुमा ९ करोड प्रति मेगावाटको लागतमा बन्ने भनिएको चार सय ५६ मेगावाट आयोजनाको लागत अहिले बढेर १५ करोड हाराहारीमा पुग्न लागेको छ र यसले शेयरधनीहरुको लाभांश पाउने समयलाई अरु तन्काईदिएको मान्नुपर्छ । माथिल्लो तामाकोशीको शेयरमा धेरै रकम लगानी गर्न बसेकाहरुले हेर्ने अर्को पक्ष हो यसको शेयरको मूल्य कति पुग्ला ? शेयर बजारमा हुने माग र आपुतिको अबस्थाले माथिल्लो तामाकोशीको शेयर मूल्यलाई सिधा प्रभाव पार्ने छ । अहिले मरिहत्ते गरेर आबेदन गरिरहेको शेयरको मूल्य भने तीन बर्षपछि के होला भन्ने अलग हिसाबको पाटो हो, त्यतिखेरको शेयर बजार के हुन्छ, मूल्य पनि त्यसेले निधारण गर्छ । दीर्घकालीन लगानी र लाभांशको आशमा गरिएको लगानीले घाटामा चाही लैजाने छैन ।

सर्बंसाधारणमा बिक्री गरिने एक करोड ५८ लाख कित्ता शेयर सुचिकृत हुने बित्तिकै शेयर बजारमा आउनेछ । त्योसँगै माथिल्लो तामाकोशीले यस अघि बीमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीको लागि बिक्री गरेको तीन करोड ६० लाख कित्ता शेयर सर्बसाधारणको एक करोड ५८ लाख कित्तासँगै सुचिकृत भएर दोस्रो बजारमा बिक्रीमा आउने छ । कर्मचारीलाई बिक्री गरिएको त्यो शेयरको लकिड. अवधि २०७५ साल जेठ २८ गते नै खुलिसकेको छ, सर्बसाधारणमा शेयर बिक्री पुरा नभई सुचिकृत हुनबाट रोकिएकाले मात्र दोस्रो बजारमा किनबेच हुन नसकेको हो ।

२०७२ जेठ २१ गतेको मिति राखी कर्मचारीहरुलाई वितरण गरिएको शेयर प्रमाण पत्रमा स्पष्ट रुपमा लेखिएको छ कि यो शेयर बाँडफाँड भएको मितिदेखि तीन बर्ष अर्थात २०७५ । २।२८ गतेसम्म बिक्री तथा हस्तान्तरण गर्न बन्देज । हेर्नुहोस् शेयर प्रमाण पत्र ।

यसको मतलव कर्मचारीहरुलाई बिक्री गरिएको शेयर उहिले नै बिक्रीमा आईसक्नुपर्ने थियो ।

शेयर बजारमा माग र आपुर्तिले ठूलो भुमिका खेल्छ भन्ने विस्वास गर्ने हो भने एउटा जलबिद्युत कम्पनीको झण्डै साढे चार करोड कित्ता शेयर बजारमा  हुनु चानचुने कुरा हैन । यसले मूल्यमा ठूलो प्रभाव पारिदिन्छ ।

लाखौंको हातमा माथिल्लो तामाकोशीको शेयर हुँदा बिक्रीको चाप उस्तै हुन्छ, अहिलेका माईक्रोफाईनान्सको जस्तो दुई चार जना ब्यक्तिहरुले माथिल्लो तामाकोशीको शेयर कर्नरिड. गर्न सक्ने छैनन, जसले मूल्यलाई निश्चित बिन्दुमा राख्न भुमिका खेलोस ।

नेपाली पूँजी, श्रम र शीपले बनेको माथिल्लो तामाकोशी आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २ – २ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर स्वामित्व रहको छ ।

शुरुमा आयोजना आकर्षक देखिए पनि पनि अहिले आएर सबैथोक माथिल्लो तामाकोशी नै हो भन्ने मानसिकता त्याग्नुपर्ने अबस्था देखिएको छ  तर आयोजनाले यसै बर्ष उत्पादन थालेर विजुली बालेमा देशकै लागि सुखद खबर हुनुसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here