मितेरी डेभलपमेन्ट बैंकको प्रस्ताबित बोनश शेयरबापत मूल्य समायोजन भएको छ ।

फागुन २७ गते मंगलबार बैंकको प्रस्ताबित १७.५२५२ प्रतिशत बोनश शेयरमा शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३९१ रुपैयाँ ४८ पैसा कायम गरेको छ।

बैंकको चौधौँ वार्षिक साधारण सभा चैत ८ गते गोर्खा किचन, धरानमा बिहान ९ बजेदेखि शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १८.५२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले फागुन २७ गतेदेखि बुकक्लोज गरेको हो।

बैंकको समायोजित मूल्यलाई आधार मानेर मंगलबार शेयर कारोबार खुल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here