मितेरी डेभलपमेन्ट बैंकले आफनो १४ औं बार्षिक साधारणसभा चौत ८ गतेलाई बोलाएको छ ।
साधारणसभा गोर्खा किचन, धरानमा बिहान ९ बजेदेखि शुरु हुनेभएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.५२५२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेन्डा रहेको छ ।

साधारण सभामा बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने र गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताब रहेको छ ।

साधारण सभा प्रयोजनार्थ फागुन २७ गतेदेखि चौत ८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी ५८ करोड ५० लाख रहेको छ । बोनश बितरणपश्चात चुक्ता पूँजी ६९ करोड ३३ लाख पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here