मिथिला लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुने स्थान परिवर्तन भएको छ । लघुवित्तको ८ गते सम्पन्न सञ्चालक समितिको बैंठकले कम्पनीको साधारण सभा पुस २९ गते बिहान ११ बजे  राधाकृष्ण मन्दिर तथा सामुदायिक भवन मिथिला नगरपालिका, ढल्केवर धनुषामा हुने निर्णय गरेको हो । यसअघि कम्पनीले होटल राजदरवार सभाहल जनकपुर, धनुषामा सभा गर्ने जनाएको थियो ।

सभामा कम्पनीले सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१५ र सर्वासाधारण समूहको ४९५ कायम गर्ने प्रस्ताव पेश गर्दैछ । हाल संस्थापक समूहको ७०५ र सर्वसाधारण समूहको ३०५ सेयर स्वामित्व रहेको छ । यस्तै, १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सभा प्रयोजनका लागि मिथिलले पुस १५ गते बुक क्लोज गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here