मिथिला लघुवित्तले १५ प्रतिशत शेयर बोनस तथा उक्त बोनसमा लाग्ने कर प्रयोजनका निमित्त ०.७८९४७४ प्रतिशत लाभांश प्रस्ताव सहित यहि पौष २९ गते साधारण सभा आब्हन गरेको छ ।

साधारणसभा मंगलबार बिहान ११ बजे होटल राजदरबारको सभा हल, जनकपुरमा हुनेछ ।

साधारणसभा प्रयोजनका निमित्त पौष १५ गते बुक क्लोज गर्नेछ ।

यस संस्थाको हाल कायम जारी पुँजीको ७० प्रतिशत संस्थापक समुहको र ३० प्रतिशत सर्वसाधारण समुहको शेयर स्वामित्व रहेकोमा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको अधिनमा रही ५१ प्रतिशत संस्थापक समुहको र ४९ प्रतिशत सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व हुने गरी पुँजीको संरचनामा परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ ।

बोनस शेयर वितरण पश्चात संस्थाको चुक्ता पुजी १२ करोड १७ लाख पुग्नेछ ।

यसै साधारण सभाबाट संस्थालाई प्रदेश स्तरीय वा राष्ट्रियस्तरीय कार्यक्षेत्र सम्बन्धि प्रस्ताव समेत पारित गर्नेछ साथै आवश्यक वा उपयुक्त देखिएमा संस्थालाई प्राप्ति तथा गाभ्ने प्रकियामा लाने अख्तियारी पनि सञ्चालक समितिलाई दिएकोमा उक्त कार्यलाई निरन्तरता दिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here