मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । उक्त एक्विजिसन सम्बन्धि सम्झौतापत्रमा हिजो पुस २७ गते हस्ताक्षर भएको छ । सम्झौता अनुसार प्राप्ति सम्बन्धि सम्पुर्ण कार्य चैत मसान्त भित्र सक्ने र नयाँ बर्ष २०७७ सँगै एकिकृत कारोबार थाल्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार लघुवित्त वित्तीय संस्थाहरु एक प्रदेश स्तरीय वा राष्ट्रिय स्तरमा सञ्चालन गनुपर्ने, राष्ट्रियस्तरको बाहेक अन्य वित्तीय संस्थाले एक प्रदेश स्तरीय कार्यक्षेत्र निर्धारण गनुपर्ने र प्रादेशिक स्तरका लघुवित्तहरु राष्ट्रिय स्तरको बन्न चाहेमा अन्य वित्तीय संस्थाहरु सँग गाभ्ने/गाभिने वा प्राप्ति गरि राष्ट्रिय स्तरको बन्न सक्ने निर्देशन जारी गरेपछि मर्जरको माहोल तातेको हो ।

 

सम्झौतामा मिर्मिरे लघुवित्तको तर्फबाट सन्तोष फुयलले तथा स्वेडा लघुवित्तको तर्फबाट दिपकराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

प्राप्ति पछि संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था रहने छ भने मुख्य कार्यालय बनेपा नगरपालिका वार्ड नं. ८, काभ्रे मा रहि राष्ट्रिय स्तरको वित्तीय संस्थको रुपमा सञ्चालन हुनेछ ।

सम्झौता पत्र अनुसार स्वेडा लघुवित्तको डिडिए समापन भएपश्चात नेटवर्थ गणना गरि शेयर स्वाप रेसियो कायम गरिनेछ । यसरी गरिएको गणना स्वेडा लघुवित्तको प्रतिकित्ता ७५ भन्दा कम नपर्ने गरि शेयर स्वाप अनुपात कायम गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here