मिर्मिरे लघुबित्त बित्तिय संस्थाले गाभ्ने भएपछि नागबेली लघुबित्त बित्तिय संस्थाको शेयर कारोबार रोक्का भएको छ ।
काभ्रेपलान्चोकको बनेपामा केन्द्रिय कार्यालय रहेको मिर्मिरे लघुबित्तले झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको नागबेली लघुवित्तलाई प्राप्ति गर्ने सम्झैता भएसँगै नागबेलीको शेयर कारोबार रोक्का भएको हो ।
दुई कम्पनीबिच फागुन १३ गते गाभ्ने तथा गाभिने सम्झौता भएको हो । मिर्मिरेले नागवेलीलाई १००ः ९६ को स्वापमा खरिद गर्न लागेको हो ।