मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले ४७ प्रतिशत लाभांश र मर्जर तथा एक्विजिशनको इेजेण्डासहित यहि पौष २८ गते सोमबारलाई साधारण सभा आब्हन  गरेको छ ।

साधारण सभा मिराबल रिर्सोट एण्ड होटल, धुलिखेलमा दिनको ठिक ११ बजे शुरु हुनेछ ।

संस्थाले आफ्ना शेयरधनीहरुलाई ४५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव राखेको छ । उक्त शेयर बोनसको कर प्रयोजनको निमित्त २.३६८४२०८८९१६२२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

उक्त बोनस वितरण प्रयोजनका निमित्त संस्थाको शेयर धनी दर्ता किताब पौष १८ गते देखि २८ गते सम्म बन्द रहने छ।

साथै संस्थाले कुनै उपयुक्त घ वर्गको वित्तिय संस्थासँग गाम्न गाभिन उपयुक्त देखिएमा सो सम्बन्धि सम्पुर्ण कामगर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताब पनि लैजाने छ ।

बोनस शेयर वितरण पश्चात संस्थाको चँुक्ता पुँजी १८ करोड ६७ लाख भन्दा माथी पुग्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here