काठमाडौको बालुवाटारमा मख्य कार्यालय रहेको मुकुल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुका लागि एटीएम कार्ड सेवाको औपचारिक शुरुवात गरेको छ ।
मुकुल सहकारीका अनुसार सदस्यले तोकिएको शुल्क तिरी एटीएम सुविधा लिएमा जुनसुकै एटीएम मसिनबाट पैसा निकाल्दा पनि कुनै शुल्क तिर्नु पर्दैन । मुकुलले नियमनकारी निकायहरुबाट स्वीकृति लिएर युनियन पे र एससीटीको सहयोगमा आफ्ना सदस्यहरुको सुविधाका लागि एटीएम सेवा शुरु गरेको जनाईएको छ ।
मुकुलका शेयरधनीले एटीएम सेवा लिएपछि आफ्नो खाताको स्टेटमेन्ट लिने, विभिन्न प्रकारका विल भुक्तानी गर्ने लगायतका सुविधाहरु पनि उपभोग गर्न सक्ने बताईएको छ ।
नेपालमा एटीएम सेवाको शुरुवात गर्ने मुकुल पहिलो सहकारी भएको दावी गरिएको छ ।
बालुवाटारमा मुख्य कार्यालय रहेको मुकुलले बार्षिक ६० करोडको कारोबार गर्दै शेयरधनीहरुलाई न्युनतम १५ प्रतिशत लाभांश वितरण गर्दै आएको जनाईएको छ । त्यसका झण्डै चार हजार शेयरधनी रहेका छन् ।