बैंक होस त यस्तो, जसले ऋणी मर्दा कर्जा मिनाहा मात्रै गर्दैन, उल्टै कर्जा लिए बराबरको रकम फिर्ता र किरिया खर्च पनि परिवारलाई दिन्छ ।

मुक्तिनाथ बिकास बैंकको कास्की नयाँ पुल शाखाले गाडी दुर्घटनामा परेर ज्यान गुमाएका
अन्नपुर्ण गाउपालिका–५, झोवाङ्ग कास्कीका ३४ वर्षिय भीम बहादुर खत्री क्षेत्रीको परिवारलाई बाँकी कर्जाको सावाँ ब्याज मिनाहा मात्रै गरेन, लिएको कर्जा बरारबरको रकम पुरै परिवारलाई फिर्ता दिएर उल्टै किरिया खर्च पनि दियो ।

जिप चालक भीम बहादुरको गत पौष २२ गते घान्दु्रक जाने क्रममा दुर्घटनामा परि निधन भएको थियो ।

मुक्तिनाथको नयाँ पुल शाखा प्रमुख भुवन बस्नेका अनुसार भीमबहादुरले साना तथा लघु बैंंकिङ्ग कार्यक्रम अन्तर्गत बिनाधितो व्यक्तिगत लघु उद्यम कर्जा लिएका थिए ।

२०७४ माघ ७ गते गाडी सञ्चालनका लागि बैंकबाट १ लाख ३० हजार कर्जा लिएका भीम बहादुरको नियमित कर्जा भुक्तान गर्दागर्दै गाडी दुर्घटनामा हालै निधन भएको थियो ।

उनको निधन हुनु अगाडि उनले बैंकलाई १० हजार ८ सय ४७ रुपैंया तिर्न बाँकी थियो । परिवारका सदस्य भीम बहादुरको काजक्रियामा बसेका बेला बैंकको ऋण तिर्ने अवस्था पनि थिएन तर बैंकले आफ्ना इृमानदार ऋणीको मृत्युमा शोक ब्यक्त गर्दै कर्जा मिनाहासहित नयाँ निर्णय गरेको समाचार पठायो ।

बैंकले उल्टै बैंकले भीम बहादुरले लिएको कर्जाको बाँकी किस्ता रकम मिनाहा गर्दै हाल सम्म भुक्तानी गरेको साँवा तथा व्याज रकम समेत फिर्ता गरिदिएको हो ।

बैंकले भीमबहादुरले पहिला बुझाएको साँवा ब्याज १ लाख ३२ हजार ३ सय १० रुपैंया पनि घरमै गएर फिर्ता गरिदिएको शाखा प्रमुख बस्नेतले बताए ।

बैंकले भीम बहादुरको परिवारलाई काजक्रिया खर्चका लागि भनेर थप पाँच हजार पनि दिएको छ ।

खत्री परिवारका सदस्य भीम बहादुरको काजक्रियामा बसिरहेकै बखत बैंकका क्षेत्रिय प्रवन्धक वावुराम ढकाल, अन्नपुर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, ५ नंं वडाका अध्यक्ष जिवनाथ पौडेल, पृथ्वीचोक शाखा कार्यालयका प्रमुख रामचन्द्र पौडेल र नयाँ पुल शाखा प्रमुख भवन बस्नेत, लघु वैङिकङ्ग कार्यालय प्रमुख सन्जय भण्डारीको उपस्थितिमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो ।

‘थोरै पैसा लिएर ब्यवसाय गर्ने इमान्दार ऋणीहरुका लागि बैंकले ल्याएको यो योजना अत्यन्त लाभप्रद छ ।’ बैंकका नयाँपुल शाखका प्रमुख वस्नेतले बताए ।

बैंकले ऋण लिएका ग्राहकको मृत्यु पश्चात मृतकका आफन्तलाई बाँकी कर्जा मिनाहा गर्दै विगतमा बैँकलाई भुक्तानी भएको साँवा तथा ब्याज पनि फिर्ता हुने नयाँ कर्जा योजना ल्याएपछि त्यसले कर्जा लिनेलाई राहत भएको छ ।

योजना अन्तर्गत बैंकबाट सामुहिक जमानी वा ब्यक्तिगत जमानतमा बिनाधितो कर्जा लिएका ग्राहकको सो अवधिभित्र मृत्यु भएमा बाँकी रहेको रकम मिनाहा भई सो अवधिमा भुक्तान गरेको सम्पूर्ण रकम मृतकको परिवारलाई फिर्ता हुने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here