मेगा बैंकले बैंकले कतारको दोहा बैंकबाट २ करोड अमेरिकी डलर अर्थात् करिब २ अर्ब २५ करोड रुपैंया भित्र्याउन लागेको छ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरज विक्रम शाहीबीच फागुन ४ गते आईतबार यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्रांप्त भएलगत्तै मेगा बैंकले यो रकम नेपालमा भित्राउनेछ । कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट व्यवसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छ । मेगा बैंकले सोही व्यवस्थालाई टेकेर दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो ।

नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी अर्थात् तरलता अभावको समस्यालाई समेत मध्यनजर राख्दै दोहा बैंकबाट रकम भित्राउन लागेको मेगा बैंकले जनाएको छ ।

मेगा बैंकको कर्जा पूँजी निक्षेप अनुपात ७९ प्रतिशत नाघेर थप लगानी गर्न नसक्ने अबस्था आएपछि विदेशी बैंकबाट ऋण लिएर लगानी बढाउँन लागेको हो ।

दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here