मेगा बैंक र टुरिजम डेभ्लपमेन्ट बैंक एक आपसमा गाभिएर बैसाख ३० गते आईतबारदेखि संयुक्त कारोबार सुरु गर्दा चुक्ता पूँजीको हिसाबले दोस्रो ठूलो बैंक बनेको छ । नेपाल इृन्भेष्टमेन्टको चुक्ता पूँजी १० अर्ब ६४ करोड रहेकोमा मेगाको ९ अर्ब २९ करोड कायम भएको छ ।

स्रोतः बैंकको बिज्ञप्ति र तेस्रो त्रैमासको बित्तीय विवरण

मेगा बैंकको चुक्ता पूँजी सात अर्ब ३७ करोड र टुरिजमको दुई अर्ब एक करोड रहेकोमा मेगाको शत प्रतिशत र टुरिजमको ९५ प्रतिशत स्वाप कायम भएको छ । टुरिजमको १० करोड पूँजी जगेडाको सेयरधनी कोषमा जम्मा भएको छ ।

शाखा र कर्मचारी धेरै भए पनि मेगा बैंकलाई संस्थागत सुशासन सुधार गरेर अरु बैंकसँग प्रतिस्पर्धामा उत्रिन मुस्किलको सामना गर्नुपर्ने संकेत देखिएको छ ।

बैंकमा संस्थागत सुशासन कमजोर रहेकाले र कतिपय कर्जा प्रबाहमा बैंकका संचालक सम्बद्ध ब्यक्ति र कर्मचारीले कमिशन खाने जस्ता कृयाकलाप गरेको आरोप लाग्दै आएको छ । अब बैंक ठूलो भएपछि त्यस्ता गलत कृयाकलापहरुमा लगाम लाग्छ कि लाग्दैन भन्ने कुराले बैंकको प्रगति निर्भर हुने देखिन्छ ।

टुरिजम डेभ्लपमेन्ट बैंकतर्फबाट आएका संचालकले बैंकमा कडाई गर्न सकेनन् भने मर्जरपछिको बैंकको अबस्था दयनीय हुनसक्ने संभावना रहेको औल्याईन्छ । मर्जरपछिको कर्मचारीहरुको बेमेल र काममा समन्वय नहुने खतरा पनि उत्तिकै छ ।

दुबै बैंकमा नेकपा एमाले निकटका ब्यवसायीहरुको संस्थापक सेयरमा हिस्सेदारी बढी रहेको कारणले संचालकहरुमा बिबाद नआउला भन्न सकिन्छ तर सबैको मन मिल्दा पनि मर्जरपछिका केही बर्ष पीडादायी नै हुने यसअघि मर्ज भएका बैंकहरुको अबस्था हेर्दा थाहा हुन्छ । मेगाले यसअघि पश्चिमान्चल डेभ्लपमेन्ट बैंकसँग मर्ज गर्दा पनि केही समय खराब अबस्थाको सामना गर्नु परेको थियो, टुरिजमसँगको मर्जरपछि अबस्था कस्तो होला भन्ने कौतुहलता बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here