मेरो माइक्रोफाइनास लघुवित्त वित्तीय संस्था लिमिडेटले गत बर्षको नाफा बाट आफ्ना शेयरधनीहरुलाई ३० प्रतिशत बोनस प्रस्ताव गरेकोमा गत कात्तिक २९ गते सम्पन्न सातौ बार्षिक साधारणसभाबाट पारित भएको थियो ।

लघुवित्तले गत उक्त बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक २० गतेदेखि २९ गतेसम्म बुकक्लोज गरेको थियो तसर्थ कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरुले सो बोनस शेयर प्राप्त गर्न सक्नेछन्।

साथै संस्थाल हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई लघुवित्तले शिघ्र शेयर अभौतिकिकरण गरी खाताको विवतरण उपलब्ध गराउन निर्देश समेत गरेको छ ।

लघुवित्तको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here